तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

२०८१ आश्विन २५, शुक्रबार

काठमाडौं : महानवमीका दिन मात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ।

भक्तजनका लागि वर्षमा एक दिन आज नवमीका दिन मात्र खुला गरिने तलेजु भवानी मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको घुइँचो लागेको हो। तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ। मूलचोकमा महाअष्टमीको दिन पूजा गरी ५४ राँगा र ५४ बोकाको बलि दिइन्छ।तलेजु भवानीलाई विजया दशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार