पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर शाही फरार

२०८१ आश्विन ३०, बुधबार

काठमाडौं : ‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेको आरोप लागेकी प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक बिनुकुमारी शाही फरार भएकी छन् ।

ललितपुर प्रहरी परिसरले उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति मागेको थियो । अदालतले इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनी फरार भएकी हुन् । पक्राउ पुर्जी जारी भएलगत्तै उनी सम्पर्कमा नरहेको र खोजी जारी रहेको ललितपुर प्रहरी स्रोतले जनायो ।

यसअघि, प्रहरीले शाहीका सवारी चालक सहायक हवल्दार महेन्द्र हमाललाई समेत पक्राउ गरिसकेको छ । एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गरेको घटनामा इन्स्पेक्टर शाहीको भूमिका शंकास्पद देखिएपछि शाहीलाई निलम्बन गरिएको थियो । व्यवसायीसँग ३० लाख रुपैयाँ असुली गरेको घटनाबारे छानबिन गर्न बनेको समितिको सिफारिसको आधारमा चालक हमाल र शाहीलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार