रवि लामिछाने पक्राउ गरेर आफ्नो दलका भ्रष्ट जोगाए : माओवादी नेता तामाङ

२०८१ कार्तिक १०, शनिबार

काठमाडौँ : माओवादी केन्द्रका स्थायी कमिटी सदस्य परशुराम तामाङले कांग्रेस एमालेले आफ्नो दलका भ्रष्टहरूको संरक्षण गरेर रवि लामिछानेलाई पक्राउ गरेको बताएका छन् । शनिवार माओवादी केन्द्रले काठमाडौँमा गरेको खबरदारी सभामा बोल्दै उनले अहिलेको सरकार दलाल र बिचौलियालाई राज गर्न दिनका लागि मात्र बनेको बताए ।

असोज ११ र १२ गते आएको बाढी पहिरोको घटनामा सरकार लाचार बनेको बताउँदै यो सरकार घुम्न र भोज खान व्यस्त भएको बताए । देशलाई आपत् पर्दा केपी ओली अमेरिका भ्रमणमा मस्त भएको उल्लेख गर्दै जनताप्रति उत्तरदायी नभएको बताए ।

उनले प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजीनामा गर्न आग्रह गरे । नेता तामाङले सरकारले नैतिक धरातल गुमाएको, मुद्दा चलेको व्यापारीबाट अरबौँ घुस लिएको भन्दै आपत्ति जनाए । उनले संविधान संशोधन गर्ने हिम्मत भए स्थायी सरकारका लागि कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न आँट गर्न चुनौती दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार