बालुवाटारमा रास्वपाको नारा: ‘यती र ओम्नीको छानबिन गर, कुलमान खेद्न पाइँदैन’

२०८१ कार्तिक १३, मंगलवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा गरिरहेको प्रदर्शनमा यती र ओम्नी काण्डको छानबिनको माग गरिएको छ। प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासनजिकैबाट यती र ओम्नी काण्डको छानबिन गर्नुपर्ने भन्दै प्लेकार्ड पनि प्रदर्शन गरेका थिए।

साथै उनीहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न नपाउने भन्दै नारा लगाएका छन्।
‘यती र ओम्नीको छानबिन गर, कुलमान खेद्न पाइँदैन’ नाराबाजीका क्रममा उनीहरूले भने।

आफ्ना सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपाले रिहाइको माग गर्दै सडक प्रदर्शन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार