रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका नेताहरूविरुद्ध मुद्दा चल्ने

२०८१ कार्तिक २७, मंगलवार

काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने २६ दिनदेखि हिरासतमा छन् ।

आज मङ्गलवार उनलाई थप अनुसन्धानका लागि रुपन्देही लगिएको छ । उनीमाथि सरकारी वकिल कार्यालयमा बयान भइरहेको छ ।

तर, रास्वपाका नेता र कार्यकर्ताहरू सडक आन्दोलनमा छन् । रास्वपाका सांसददेखि केन्द्रीय सदस्यहरू रविको पक्षमा सडक आन्दोलन गरिरहेका छन् ।

सडकमा रविका पक्षमा आन्दोलन गर्ने रास्वपाका नेता र सांसदहरुविरुद्ध मुद्दा चल्ने भएको छ । सर्वोच्च अदालतले सडक आन्दोलन गरिरहेका नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले यसअघि सर्वोच्च प्रशासनबाट दरपीठ भएको निवेदन दर्ता गर्न मङ्गलवार आदेश दिएको हो । न्यायाधीश शर्माले दरपीठको आदेश बदरसहित मुद्दा अघि बढाउन आदेश दिएका हुन् ।

दरपीठको निर्णय बदरसँगै रास्वपाका नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा चलाउने बाटो खुलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

ताजा समाचार