जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुससहित पक्राउ

२०८१ कार्तिक २७, मंगलवार

कपिलवस्तु : जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई घुस रकमसहित नियन्त्रण लिएको हो। मङ्गलवार बेरितको बन्डा मुचुल्का बदर गर्ने बहानामा २० हजार घुस सहित नियन्त्रण लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

आयोग बुटवलका सूचना अधिकारी उपसचिव गीता आचार्यका अनुसार दुवै जनाबाट श्रोत नखुलेको ९६ हजार आठ सय रुपियाँसमेत बरामद भएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको आयोग कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार