‘आधा मुटु’ प्रेम, विवाह र डिभोर्स आधारीत म्युजिक भिडियो सार्वजनिक

२०८१ कार्तिक ३०, शुक्रबार

काठमाडौँ : अभिनेता सुशान्त कार्की र अभिनेत्री गरिमा शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘आधा मुटु’ सार्वजनिक गरिएको छ।

मर्मस्पर्शी गीतमा प्रेम, विवाह र डिभोर्सको कथा समेटिएको छ। रमेश परियारको शब्द रहेको गीत शान्तिश्री परियार र नेत्र भण्डारीले गाएका हुन्।

आधुनिक फ्लेवरको गीतमा गायक भण्डारीले नै संगीत भरेका हुन्। रिजन नेपाल युट्युबबाट सार्वजनिक भएको गीतलाई कृष्ण केसीले एरेन्ज गरेका हुन्।

म्युजिक फिल्म शैलीमा निर्माण भएको गीतको भिडियोमा जेरी भण्डारीको निर्देशन, कथा र पटकथा छ। नवराज उप्रेतीले छायांकन गरेको भिडिओमा सुजन कोइरालाको भीई, सीजी, जीएफएक्स र भिएफएक्स छ।

भिडियो –

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार