दिल्लीमा प्रदुषण बढेपछि विद्यालय बन्द

२०८१ मंसिर ६, बिहीबार

काठमाडौँ : भारतको राजधानी नयाँ दिल्ली क्षेत्र र वरपरको वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरिएको छ। विद्यार्थीलाई घरबाटै अनलाइनमार्फत शिक्षा दिन सुरु गरिएको हो।

केही दिनदेखि सहर गम्भीर वायु प्रदूषणसँग लडिरहेको छ । सहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएको छ। सहरका दुई ठूला विश्वविद्यालयले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षा अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार