नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष ज्ञवालीको निधन

२०८१ मंसिर १५, शनिबार

काठमाडौँ : नेपाली कांग्रेसको शुभेच्छु संस्था नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष मोहन ज्ञवालीको निधन भएको छ।

दुई कार्यकाल नेपाल शिक्षक सङ्घको नेतृत्व गरेका ज्ञवालीको ५९ वर्षको उमेरमा गएराति हृदयघातका कारण निधन भएको नेपाल शिक्षक सङ्घका उपमहासचिव एव प्रवक्ता नारायण तिमिल्सिनाले जानकारी दिए।

स्थायी घर गुल्मी भई कास्कीमा शिक्षक रहँदा ज्ञवाली शिक्षक सङ्घमा आबद्ध भएका थिए।विसं २०५३ देखि २०५७ सम्म कास्की जिल्ला अध्यक्ष भएका उनी विसं २०५७ देखि २०६१ सम्म शिक्षक सङ्घको केन्द्रीय महासचिव र विसं २०६१ देखि २०६९ सम्म दुई कार्यकाल केन्द्रीय अध्यक्ष भएका थिए।

नेपाली कांग्रेस गुल्मीका महाधिवेशन प्रतिनिधिसमेत रहेका ज्ञवालीको आजै हिन्दू परम्पराअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार