झम्सिखेलमा अपि इन्फ्राको १० तले अपार्टमेन्ट, पहिलो बुकिङ गर्नेलाई पार्किङ शुल्कमा छुट

२०८१ मंसिर २८, शुक्रबार

ललितपुर : ललितपुरको झम्सीखेलमा अपि इन्फ्रा लिमिटेडले १० तले लक्जरी अपार्टमेन्ट निर्माण गरिरहेको छ। यो परियोजना १२० करोड रुपैयाँको लगानीमा निर्माण गरिनेछ।

३ रोपनी क्षेत्रफलमा फैलिने परियोजनामा कुल ४३ युनिट रहनेछन्। कम्पनीले बुकिङ खुला गरिसकेको छ, जहाँ पहिलो बुकिङ गर्नेले पार्किङ शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार अपार्टमेन्ट निर्माण २ वर्षभित्र पूरा गर्ने लक्ष्य छ।

अपार्टमेन्ट अत्याधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको छ भने साउन्ड प्रुफ वाल र प्रिमियम लेमिनेटेड फ्लोर, कोहलर ब्रान्डका उच्च गुणस्तरीय सेनेटरीवेयर, मोसन सेन्सर, स्मार्ट स्विच र २४ सै घन्टा पावर ब्याकअप, प्राकृतिक प्रकाशका लागि उत्कृष्ट डिजाइन समावेश गरिने कम्पनीको भनाइ छ।

यो अपार्टमेन्ट अत्याधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको छ। लोकेशनका हिसाबले उत्कृष्ट रहेको अपार्टमेन्ट धेरैको आकर्षणको केन्द्र बन्ने कम्पनीको दाबी छ ।

अपार्टमेन्टका विशेषता:

-कोहलर ब्रान्डका उच्च गुणस्तरीय सेनेटरीवेयर।
-मोशन सेन्सर, स्मार्ट स्विच, र २४ सै घण्टा पावर ब्याकअप।
-प्राकृतिक प्रकाशका लागि उत्कृष्ट डिजाइन।
-आफ्नो आवश्यकता अनुसार छनोट गर्न सकिने युनिटहरू

१) बीएचके युनिट

युनिट एफ: १०००.७ वर्ग फिट (दक्षिण, पश्चिममुखी)।

२) बीएचके युनिटहरू

युनिट ए: १३०७.७१ वर्ग फिट (उत्तर, पश्चिम, पूर्वमुखी)।

युनिट बी: १२८१.१० वर्ग फिट (दक्षिण, पश्चिममुखी)।

युनिट डी: १३६०.३६ वर्ग फिट (दक्षिण, पश्चिममुखी)।

युनिट जी: १३१९.८१ वर्ग फिट (दक्षिण, पूर्वमुखी)।

युनिट एच: १३४०.४३ वर्ग फिट (पूर्वमुखी)।

३) बीएचके युनिटहरू

युनिट सी: १७६९.१८ वर्ग फिट (पूर्वमुखी)।

युनिट ई: १४०४.७६ वर्ग फिट (दक्षिण, पूर्वमुखी)।

 किन अपि इन्फ्राको अपार्टमेन्ट नै रोज्ने ?

झम्सिखेलको मुख्य स्थानमा रहेको यो अपार्टमेन्ट लक्जरी जीवनशैलीका लागि उत्कृष्ट विकल्प हो।

आधुनिक सुविधाहरू र सुन्दर डिजाइनले यसलाई थप विशेष बनाएको छ। स्मार्ट होम प्रविधि र प्रिमियम सुविधाहरूका कारण, यो परियोजना झम्सिखेलको प्रमुख आकर्षण बन्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार