धापासीमा एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

२०८१ पुष ४, बिहीबार

काठमाडौं : काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित शिव मन्दिर हाइटमा एक घरमा आगलागी भएको छ ।

धापासीस्थित भाइकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घर लगभग पूरै जलेको छ । बिहीबार साँझ ५ : ३० बजेतिर लागेको आगो नियन्त्रणको प्रयास जारी छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, काठमाडौं महानगरपालिका,ललितपुर महानगरपालि र भक्तपुर लगायतबाट पुगेका दमकलले आगो  निभाउने प्रयास जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार