७ जिल्लाको सीडीओको सरुवा : काठमाडौंमा ऋषिराम तिवारी

२०८१ पुष २२, सोमबार

काठमाडौं : गृह मन्त्रालयले काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ ।

काठमाडौंका सीडीओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई पठाइएको छ ।गृहले काठमाडौंसहित अन्य केही जिल्लाका सीडीओहरूको पनि सरुवा गरेको छ । कैलालीका सीडीओ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरी सरुवा गरिएको छ भने सुनसरीका सीडीओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालय तानिएको छ ।

गृह मन्त्रालयका सहसचिव गोगन बहादुर हमाललाई कैलालीको सीडीओ बनाएर पठाइएको छ । गृह मन्त्रालयकै सहसचिव तुलसी बहादुर श्रेष्ठलाई कैलालीको सीडीओ बनाएर पदस्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मोरङका सीडीओ प्रेम प्रसाद भट्टराईलाई गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ भने मोरङको सीडीओमा गृह मन्त्रालयका सहसचिव इन्द्रदेव यादवलाई पठाइएको छ । झापाका सीडीओ बन्धु प्रसाद बास्तोलालाई पनि गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको गृहले जनाएको छ । सर्लाहीका सीडीओ गोपाल कुमार अधिकारीलाई झापा सरुवा गरिएको छ ।

दाङका सीडीओ शावित्रा पुनलाई सल्यान र सल्यानका सीडीओ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार