तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–६ छबिसेमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ ।
पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बा.४ ग ५८०१ नम्बरको बसबाट पृथ्वी राजमार्गमा पर्ने छबिसे पुग्दा सहचालक २६ वर्षीय सन्जीब बोहोरा बसबाट खसेका थिए । पोखरा महानगरपालिका–२८ घर भएका बोहोराको उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिएका छन् ।
दुर्घटनापछि बसका चालकलाई पक्राउ गरेर घटना अनुसन्धान अघि बढाइएको डीएसपी थापाले बताए ।





