काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १९ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ९ सय रूपैयाँले बढेर १ लाख ६० हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय ७५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १८ सय ९५ रूपैयाँ कायम भएको छ ।





