प्रहरी जवान बिष्टले आफैंमाथि हाने गोली

२०८१ माघ १०, बिहीबार

धनगढी : कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन् ।

बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका हुन् । साँझ साढे ८ बजेको समयमा ड्युटीका रहेमा उनले आफैंमाथि राइफलको गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले बताए ।

सो समयमा हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद) मा ड्युटीमा खटिएका थिए । डीएसपी उमेशराज जोशीकाअनुसार गोली दाहिने कानभन्दा माथि लागेको छ। गोली लागेर उनी गम्भीर छन् । उनले आफैंले बोकेको एसएलआर राइफलबाट गोली चलाएको पाइएको प्रहरीले जनाएको छ ।

विष्टलाई महाकाली अस्पतालमा सामान्य उपचारपछि धनगढी रेफर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार