सोनाम ल्होछारमा तीन दिन सार्वजनिक बिदा

२०८१ माघ १६, बुधबार

काठमाडौं : तामाङ समुदायको बाहुल्य रहेको काभ्रेपलाञ्चोक जिल्लाका ९ पालिकाले सोनाम ल्होछार २०८१ का अवसरमा सार्वजनिक बिदा घोषणा गरेका छन् ।

तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछारको अवसरमा जिल्लाका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका साथै रोशी, तेमाल, बेथानचोक, महाभारत, खानीखोला, भुम्लु र चौरीदेउराली गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । माघ १६, १७ र १८ गते बिदा दिने निर्णय ती पालिकाले गरेका हुन् ।

माघ १६ गते शहीद दिवस र १७ गते संघीय सरकारले पनि ल्होछारका अवसरमा सार्वजनिक बिदा दिएकोमा स्थानीय सरकारले अतिरिक्त एक दिन सार्वजनिक बिदा घोषणा गरेका हुन् । तामाङ समुदाय बाहुल्य जिल्लाका सबै स्थानीय तहमा सोनाम ल्होछार मनाउने गरिन्छ । तामाङ समुदायले यो वर्ष २८६१ औं सोनाम ल्होछार (डुल/सापुख्री) अर्थात् सर्प वर्ष मनाउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार