महाकुम्भ मेलाबाट फर्किरहेको स्कर्पियो दुर्घटना, ५ नेपालीको मृत्यु

२०८१ माघ १९, शनिबार

काठमाडौं : भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ। ती सबै जनकपुरका हुन्।

शनिबार भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय संचारमाध्यमहरूले बताएका छन्। त्यस्तै दुर्घटनामा ४ जना घाइते भएका छन्। मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ। त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन्।

बाइकलाई बचाउन खोज्दा स्कर्पियो अनियन्त्रित भइ ५ पटक सडकमा पल्टिएको थियो। दुर्घटनाका बेला स्कर्पियोको गति एक सय किलोमिटर प्रतिघण्टा थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार