अध्यादेश संसदबाट पारित हुँदैन : नारायणकाजी श्रेष्ठ

२०८१ माघ २९, मंगलवार

खोटाङ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केपी ओली नेतृत्वको वर्तमान सरकारले ल्याएको अध्यादेश संसदबाट पारित नहुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङको दोस्रो नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सोमबार दिक्तेल बजारमा सम्बोधन गर्दै नेता श्रेष्ठले अध्यादेशको विषयमा सत्ता पक्षकै नेताहरु असहत रहेको बताउदै अध्यादेश कुनै पनि हालतमा पारित नहुने बताए ।

नेपाल सरकारका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निर्वाचन भएको समयमा चुनाव लड्ने, जित्ने र सरकार बनाउनेमात्र माओवादी केन्द्रको कार्यदिशा नभएको समेत प्रस्ट पारेका छन् । “माओवादी केन्द्र जनताको पार्टी हो । जनताको हक, अधिकार र सुविधाका लागि सरकार, सदन र सडकमा लडिरहन्छ”, उनले भने, “माओवादी केन्द्रले क्रान्ति छाडेको छैन । प्राप्त उपलब्धीहरुको रक्षा गर्दै सामाजिक रुपान्तरणका लागि लडिरहन्छ ।”

नेता श्रेष्ठले माओवादी केन्द्रको ध्यान सरकार ढाल्ने र बनाउनेमा नभई राष्ट्रिय स्वाधिनता तथा संविधानको रक्षा, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न र सामाजिक रुपान्तरणमा केन्द्रित रहेको बताए । माओवादी केन्द्र सरकारमा हुँदा देशमा सुशासन कायम गर्ने अभियान थालेको नेता श्रेष्ठले दाबी गरे । “हाम्रो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले देशमा सुशासन कायम गर्न अभियान थालेको थियो । त्यो सरकारमा म उपप्रधान तथा गृहमन्त्री हुँदा धेरै राम्रा कामहरु शुरु गरेका छौँ”, उनले भने, ।

दिक्तेलस्थित जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले अहिलेको सरकार भ्रष्टचारीको संरक्षक बनेको आरोप लगाए । “जब हामीले भ्रष्टाचारका फायलहरु खोल्न थाल्यौँ । आफ्नो, अर्काको नभनी ठूला नेता तथा कर्मचारीहरुलाई कारबाहीको प्रक्रिया शुरु ग¥यौँ । तब ठूला भनिएका दलहरु अतालिए । अनि हाम्रो नेतृत्वमा अगाडि बढिरहेको सरकार ढालियो”, नेता श्रेष्ठले अबको निर्वाचनमा माओवादी केन्द्र देशको सबैभन्दा ठूलो राजनीतिक दल बन्ने बताए । “हामीले पार्टी सुदृढिकर अभियानका साथै खबरदारीसभाहरु शुरु गरेका छौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार