आगो ताप्दा जलेर ८० वर्षीय वृद्धको मृत्यु

२०८१ माघ ३०, बुधबार

गुल्मी : आगो ताप्ने क्रममा जलेर गुल्मीमा ८० वर्षीय वृद्धको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका – ७ वाग्ला निवासी  इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए। प्रहरी नायब उपरीक्षक दाहालका अनुसार गिरी सोमबार राती साढे ९ बजे आफ्नै घरमा आगो ताप्ने क्रममा आगोले जलेका थिए । आगोले जली दाजुको मृत्यु भएको खबर भाई टेकराज गिरीले प्रहरीलाई खबर गराएका थिए ।

घटनाको खबर प्राप्त भएलगत्तै प्रहरी सहायक निरीक्षक तिलक नेपालीको कमाण्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो । मृतक गिरीको घर परिवारमा उनी र भाइ मात्र रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार