सबैभन्दा ठूला लुटेरालेनै भ्रष्टाचारको फाइल खोल्दा प्रधानमन्त्रीबाट हटाइयो भन्दै हिंडेका छन्

२०८१ फाल्गुन ५, सोमबार

दाङ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशकै सबैभन्दा ठूला लुटेरा भएको आरोप लगाएका छन् ।

एमाले दाङले आज घोराहीमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । देशका सबैभन्दा ठूला लुटेराले नै भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कुप्रचार गर्दै हिडेका प्रधानमन्त्री ओलीको भनाई छ ।

‘देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कुप्रचार गर्दै हिडेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारको फाइल प्रधानमन्त्रीसँग हुँदैन । म पनि प्रधानमन्त्री छु । मसँग त छैन् ।’ देशको अर्थतन्त्र माओवादीले खोक्रो बनाएको दावी गर्दै ओलीले अर्थमन्त्र एमालेले बनाउने दावी गरे । माओवादी विदेशी इशारामा चल्ने गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

ताजा समाचार