यूएसएडका ४२०० कर्मचारीलाई बिदा, १६०० बर्खास्त

२०८१ फाल्गुन १२, सोमबार

काठमाडौँ : अमेरिकामा ट्रम्प प्रशासनले यूएसआईडीका धेरैजसो कर्मचारीलाई कि बिदा दिएको छ कि बर्खास्त गरेको छ। संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग अर्थात् यूएसएडका का ४ हजार २०० कर्मचारीलाई बिदा दिइएको हो।

अनि कम्तीमा १ हजार ६०० कर्मचारीलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ। यीमध्ये कति कर्मचारीलाई पुन: नियुक्त गरिनेछ भन्ने कुरा अझै स्पष्ट छैन। ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन इलोन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डज) योजनाअन्तर्गत कर्मचारीहरूको संख्या घटाउने प्रयास गरिरहेको छ।

एक अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनको यो योजनामा ​​रोक लगाएका थिए, तर शुक्रबार यो प्रतिबन्ध स्थायी नहुने बताए। सन् १९६१ मा स्थापना भएको यूएसएआईडीमा कटौती गर्नुअघि झन्डै १० हजार कर्मचारी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार