सल्यान : सल्यानमा मध्यराति भएको मिनी ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ।
रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ३ झारमङ्ग्राका ३५ वर्षीय चालक हरि चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। राति ११ः ५५ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ फारुवाबोट नजिकै रा १ क ५३० नम्बरको खाली मिनी ट्रक दुर्घटनामा परेको थियो।
रोल्पाको झ्यामबाट सल्यानको दमाचौर आउँदै गरेको उक्त मिनी ट्रक सडकदेखि ५० मिटर तल खसेको प्रहरीले बताएको छ। उपचारका लागि जिल्ला अस्पताल सल्यान खलंगा ल्याइएका चालक चन्दलाई बिहान ६ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।





