इङ्लिस प्रिमियर लिग : टोटनह्याम म्यानचेस्टर सिटीसँग पराजित

२०८१ फाल्गुन १५, बिहीबार

काठमाडौं : इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले टोटनह्याममाथि संघर्षपूर्ण जित हासिल गरेको छ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो। म्यानचेस्टर सिटीको जितमा खेलको १२औं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोल नै खेलको निर्णायक गोल बनको थियो।

यो जितपछि म्यानचेस्टर सिटीको २७ खेलमा ४७ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ। त्यस्तै टोटनह्यामको २७ खेलमा ३३ अंक रहेको छ र लिगमा १३औ स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार