मोरङको मौलिबारीका महिला र पुरुष एउटै रुखमा मृत फेला

२०८१ फाल्गुन २०, मंगलवार

विराटनगर : मोरङको मौलिबारीमा महिला र पुरुष मृत फेला परेका छन्। पथरीशनिश्चरे नगरपालिका ५ स्थित मौलिबारीमा छुट्टा छुट्टै परिवारका महिला र पुरुष मृत फेला परेको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमोरियाले जानकारी दिए।

२२ वर्षका अजय टुरु र मोरङकै कटहरी माइती भएकी झापाको गौरीगन्जकी जुबामुनी हस्दा मृत भेटिएको वडा अध्यक्ष चेजेन्द्र खड्काले जानकारी दिए। मंगलबार राति २ बजे पुरुष घरबाट हिँडेको जानकारी आएको र उनी महिलासँग एउटै रुखमा झुण्डिएको अवस्थामा भेटेको खड्काले बताए। मृतक पुरुष सोही वडाका हुन् भने महिला बाहिरकी हुन्।

दुवै विवाहित रहेको र दुवैका सन्तान समेत रहेको खड्काले बताए। महिलाका श्रीमान वैदेशिक रोजगारीमा रहेको पनि खड्काले बताए। अहिले प्रहरी घटनास्थलमा पुगेको छ, थप विवरण खुल्न बााँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार