काठमाडौं : प्रतिनिधिसभाको मंगलबारको बैठक चलिरहँदा कुर्सी भाँचिएर एमालेकी सांसस लडेकी छन्।
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले सदनलाई सम्बोधन गरिरहँदा एमालेकी सांसद उर्मिला थेबे बसेको कुर्सी भाँचिएको हो। उनी लडेपछि थापा बोल्दाबोल्दै रोकिएका थिए भने बैठक केहीबेर प्रभावित भएको थियो।
लडेकी सांसद थेबेलाई अन्य सांसदहरूले बैठककक्षबाट बाहिर निकालेका थिए।





