बिहानै लगातार दुई भूकम्पको धक्का महसुस

२०८१ चैत्र १६, शनिबार

काठमाडौं : शनिबार बिहान अफगानिस्तानमा लगातार दुई भूकम्पको धक्का महसुस गरिएको छ। यो जानकारी राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले दिएको हो।

अफगानिस्तानमा पहिलो भूकम्प ४.३ म्याग्निच्युडको थियो। त्यसपछि आएको भूकम्पको तीव्रता ४.७ रहेको केन्द्रले सामाजिक सञ्जालमा भनेको छ ।दोस्रो भूकम्पको केन्द्रबिन्दु जमिनबाट १८० किलोमिटर मुनि थियो भने पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनबाट २२१ किलोमिटर तल थियो।

पछिल्ला केही दिनहरूमा हिन्दु कुश क्षेत्रमा लगातार भूकम्प गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार