लडाकु विमान दुर्घटना

२०८१ चैत्र २१, बिहीबार

गुजरात : भारतको गुजरातमा जामनगरनजिक बुधबार राति एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ।

यो घटना कलावड रोडको सुवर्दा गाउँ नजिकै भएको हो। दुर्घटनास्थलबाट आगो र धुवाँको मुस्लो देखिएको छ। दुर्घटनास्थलमा गाउँलेहरू पुगेका छन् । विमानमा कति जना पाइलट थिए र कस्तो प्रकारको विमान थियो भन्ने बारेमा जानकारी खुलाइएको छैन।

समाचार एजेन्सी एएनआईले सैनिक स्रोतलाई उद्धृत गर्दै यो ज्यागुअर लडाकु विमान भएको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार