काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ लाख ७६ हजार ८ सय रूपैयाँ कायम भएको थियो। सोमबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेर १ लाख ७७ हजार ९ सय रूपैयाँ कायम भएको थियो।
मंगलबार फेरि छापावाल सुनको मूल्य १८ सय रूपैयाँले बढेर १ लाख ७९ हजार ७ सय रूपैयाँ कायम भएको थियो। बुधबार छापावाल सुनको मूल्य ६ सय रुपैँयाले घटेर १ लाख ७९ हजार १ सय रूपैयाँ कायम भएको थियो।
बिहीबार छापावाल सुनको मूल्य १२ सय रुपैँयाले बढेर १ लाख ८० हजार ३ सय रूपैयाँ कायम भएकोमा शुक्रबार छापावाल सुनको मूल्य ३ हजार ९ सय रुपैयाँले घटेर १ लाख ७६ हजार ४ सय रूपैयाँ कायम भएको छ। यो साता सुनको मूल्य समग्रमा ४०० रुपैयाँले घटेको छ ।





