उपसचिवको लिखित परीक्षामा सहभागी ६८७ मध्ये १२ जना उत्तीर्ण

२०८१ चैत्र २६, मंगलवार

काठमाडौँ : लोकसेवा आयोगले प्रशासन र लेखका समूहको उपसचिवका लागि लिएको लिखित परीक्षामा १२ जना उत्तीर्ण भएका छन् ।

लोकसेवाले ५ जनाको सिटका लागि लिएको परीक्षामा १२ जनालाई उत्तीर्ण गराएको हो । परीक्षामा ६८७ जना सहभागी भएकोमा १२ जना उत्तीर्ण भएको आयोगले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

लिखित परीक्षामा पास भएकाहरूको वैशाख २४ र २५ गते अन्तर्वार्ता हुने पनि सूचनामा उल्लेख छ ।

Under-secretary_page-0001Under-secretary_page-0002

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार