दर्ता हुन नआए फेसबूकसहितका सञ्जालमा प्रतिबन्ध लाग्छ : मन्त्री गुरुङ

२०८२ बैशाख ५, शुक्रबार

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्ता हुन नआए फेसबूकसहितका सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्ने बताएका छन्।

आज काठमाडौंमा आयोजित सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनको खुला सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘तोकेको म्यादभित्र दर्ता हुन नआए फेसबूकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्छ,’ उनले भने। सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एक महिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबूकलगायतका सञ्जाललाई दर्ता हुन आग्रह गरे।

‘एक महिना पुग्न दुई/तीन दिन बाँकी छ। कोही आउँदैन,’ उनले भने, ‘सरकारलाई नै टेर्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार