बीवाईडी सिगलले जित्यो ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड

२०८२ बैशाख ५, शुक्रबार

काठमाडौं : बीवाईडी सिगल अर्थात् डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रमअन्तर्गत ‘वर्ल्ड अर्बन कार अफ द इयर-२०२५ ‘ को उपाधि जितेको छ ।

१६ अप्रिलमा अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शोमा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनसँग प्रतिस्पर्धा गर्दै बीवाईडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डका रूपमा यो अवार्ड हात पारेको हो । यो ऐतिहासिक जितले विश्वव्यापी न्यु इनर्जी भेइकल (एनईभी) क्षेत्रमा बीवाईडीको अग्रणी स्थानलाई फेरि एकपटक अन्तर्राष्ट्रियस्तरमा पुष्टि गरेको छ ।

वर्ल्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकलाई यस कारको अग्रगामी डिजाइन, अतुलनीय अर्बन मोबिलिटी परफर्मेन्स र युनिभर्सल मार्केट अपिलले प्रभावित पार्‍यो । बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला लीले भनिन्, ‘बीवाईडी सिगललाई वर्ल्ड अर्बन कारका रूपमा सम्मानित गरिनु हाम्रो लागि गर्वको विषय हो । यसले हामीले विश्वव्यापी ग्राहकहरूलाई दिगो प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गर्छ ।’

2-1744980660.jpg
पछिल्ला वर्षहरूमा बीवाईडीले अन्तर्राष्ट्रिय बजारमा उचाइ लिँदै आएको छ । सन् २०२४ मा बीवाईडी डल्फिनले पनि वर्ल्ड अर्बन कारकै शीर्ष ३ मा स्थान बनाएको थियो भने बीवाईडी सिल वर्ल्ड कार अफ द इयर को शीर्ष ३ मा पर्न सफल भएको थियो, जुन उपलब्धि अहिलेसम्म कुनै चिनियाँ अटो निर्माता कम्पनीले हासिल गर्न सकेको छैन ।

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पहिले नै बीवाईडी सिगलको नेपाली सडकमा परीक्षण गरिसकेको छ । कम्पनीले छिट्टै नेपालमा यसको आधिकारिक लन्च गर्ने संकेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार