काठमाडौं : आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।





