अटोबाट खसेर बालकको मृत्यु

२०८२ बैशाख १२, शुक्रबार

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-७ का १२ वर्षीय निराजन ठगुन्नाको आज अटोबाट खसेर मृत्यु भएको छ ।

झलारी बजारबाट म१ह १२३३ नम्बरको अटोमा बजारबाट घरतर्फ जाँदै गरेका ठगुन्ना स्टेसनपुर नजिक अटोबाट खसेका हुन् । अटोबाट खसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार अटो चालक ४० वर्षीय जयदेव ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार