मुलुकको कुल विद्युत् खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरौँ : सांसद जबरा

२०८२ बैशाख १६, मंगलवार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले मुलुकको कुल विद्युत् खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरी वृहत् मात्रामा बिजुली निकासी गर्ने कुरा सरकारको उद्देश्य हुनुपर्ने बताएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले मुलुकको राजश्वले साधारण खर्च पनि धान्न नसकेको भन्दै देशका युवाहरूले विदेशमा गएर बगाएको खुनपसिनाले कमाएको रेमिट्यान्सले जिडिपीको ७५ प्रतिशत वार्षिक सामान आयात गर्ने क्षमता रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार