बस दुर्घटनामा १० जनाको मृत्यु, दर्जनौं घाइते

२०८२ बैशाख १९, शुक्रबार

काठमाडौँ : फिलिपिन्समा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० भन्दा धेरै घाइते भएका छन् ।

उत्तरी फिलिपिन्सको एउटा व्यस्त सडकमा एक बसले टोल गेटमा तीन वटा एसयूभी र कन्टेनर ट्रक समेतका सवारी साधनलाई ठक्कर दिएको थियो । प्रहरीले बस चालकलाई समातेका छन् । बस चलाइरहँदा चालकको झ्याप्प आँखा लाग्दा सो दूर्घटना भएको प्रहरीले भनेको छ । मर्नेमा चार जना बालबालिका भएको बताइएको छ ।

श्रम दिवसको सार्वजनिक बिदाको दिन परिवारहरू बालबालिकालाई लिएर घुम्न गएको समयमा यो दुर्घटना भएको थियो । यस घटनापछि यातायात विभागले उक्त बस सञ्चालक कम्पनी बस कम्पनी सोलिड नर्थ बसलाई सेवा सञ्चालन स्थगित गर्न आदेश दिएको छ । चालकमाथि जथाभावी बस चलाएर कयौं मान्छेको ज्यान लिएको अभियोग चलाइने भएको छ ।

प्रहरीले बसका सह–चालकलाई पनि समातेको छ । फिलिपिन्समा यस्ता दूघर्टना बेला बेला भइरहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार