क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक

२०८२ बैशाख २४, बुधबार

दाङ : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’लाई मातृशोक परेको छ ।

अध्यक्ष वैद्यकी आमा जानकी देवी उपाध्यायको आज बेलुकी ५ः३० बजे १०० वर्षको उमेरमा घोराही उपमहानगरपालिका–१५ रतनपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दिवङ्गत उपाध्यायको आजै बेलुकी घोराही–१८ शङ्खेपीपलघाटमा दाहसंस्कार गरिने बताइएको छ । उनका सात छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार