तिनाउ खोलामा बेपत्ता भारतीय किशोरको शव भेटियो

२०८२ जेष्ठ १०, शनिबार

काठमाडौँ : पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलाको ड्यामसाइडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय किशोरको शव फेला परेको छ। खोजीका क्रममा नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले १८ वर्षीय सोयव अन्सारीको शव भेट्टाएको हो।

अन्सारी यही जेठ ८ गतेदेखि नदीमा हराइरहेका थिए। भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणका लागि आएका थिए।

उनको शव नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटलबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले जेठ ९ गते दिउँसो करिब पौने ३ बजे फेला पारेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार