काठमाडौँ : आज (जेठ २२, बिहीबार) काठमाडौँलगायत देशका कुन-कुन सहरमा वर्षा र तापक्रमको सम्भावना के छ भन्ने विषयमा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ।
मौसम महाशाखाका अनुसार आज काठमाडौँसहित विराटनगर, जनकपुर, पोखरालगायत सहरमा हल्का वर्षा हुने सम्भावना छ। आज सबैभन्दा बढी तापक्रम नेपालगन्जमा र सबैभन्दा कम तापक्रम राति जोमसोममा हुने अनुमान छ।
महाशाखाले सूचनामा भनेको छ: आज ताप्लेजुङ, विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, घोराही, डडेलधुरालगायत सहरमा हल्का पानी पर्ने सम्भावना छ। सबैभन्दा बढी तापक्रम नेपालगन्जमा (३८ डिग्रीसम्म) पुग्न सक्छ भने सबैभन्दा कम आज राति जोमसोममा (८ डिग्रीसम्म) पुग्ने देखिन्छ।
अन्य सहरको मौसम जानकारी तलको फोटोमा हेर्नुहोला:






