काठमाडौं : तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी राप्रपाका वरिष्ठ उपाध्यक्ष हुन् ।
आज अदालत उपस्थित भएका मिश्रको आजनै थुनछेक बहस हुनेछ । त्यसपछि उनी पूर्वपक्षका लागि थुनामा जाने वा नजाने निर्णय हुनेछ ।
मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।





