उदयपुरमा १४ वर्षीया किशोरी र २८ वर्षीय युवकको शव फेला

२०८२ असार ४, बुधबार

काठमाडौँ : उदयपुरमा एक किशोरी र एक युवकको शव फेला परेको छ। चौण्डीगढी नगरपालिका-४ अमलचौरीमा शंकास्पद अवस्थामा किशोरी र युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए।

स्थानीय २८ वर्षीय रविन राई र सोही ठाउँकी १४ वर्षीया किशोरी मञ्जु राईको शव बुधबार बिहान गाउँमै फेला परेको हो। मञ्जुको शव अमलचौरीको सार्वजनिक बाटोमा फेला परेको र त्यसको दुई सय मिटर नजिकै रविनको शव भेटिएको प्रहरीले जनाएको छ। रविनको शव भने झुन्डिएको अवस्थामा फेला परेको हो।

अहिले घटनास्थलमै रहेका चौण्डीगढी नगरपालिका–४ का वडाध्यक्ष लुंगाराज राईले घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको बताए।घटनाको प्रकृति हेर्दा युवकले बलात्कारपछि किशोरीको हत्या गरेको र त्यसपछि आफूले आत्महत्या गरेको आशंका स्थानीयले गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार