फिल्म ‘जहाजैमा’को मुख्य भूमिकामा जापानी नायिका

२०८२ असार ५, बिहीबार

काठमाडौं : कृषा चौलागाईंको निर्देशनमा बन्ने नयाँ फिल्म ‘जहाजैमा’ जापानिज अभिनेत्रीले मुख्य भूमिका निर्वाह गर्ने भएकी छन्।

फिल्म निर्माण पक्षले फिल्मकी मुख्य अभिनेत्रीका रूपमा जापानिज अभिनेत्री रजेल इचिमियाको नाम सार्वजनिक गरेको हो। निर्देशक चौलागाईंले फिल्ममा जापानकी नायिकालाई नेपाली कथामा मिसाउनु चुनौतीपूर्ण भए पनि रोचक हुने बताइन्।सार्वजनिक पोस्टरमा सफा हिउँले भरिएको दृश्यमा पारदर्शी छातामुनि उभिएकी अभिनेत्री रजेलको शालीनता र सुन्दरता हेर्नलायक छ।

रजेल जापानमा सक्रिय अभिनेत्री तथा मोडल हुन्। उनलाई नेपाली फिल्ममा भित्र्याउनु आफैँमा नयाँपन हो। यसले नेपाली फिल्मको अन्तर्राष्ट्रिय छवि थप बलियो बनाउने विश्वास गरिएको छ। यसअघि निर्देशक कृषाले जापान पुगेका बेला समयमा रजेलसँगको तस्बिर सेयर गरे पनि यस विषयमा केही उल्लेख गरेकी थिइनन्।

कृषाले जापान पुगेर यो फिल्मको निर्देशन गर्ने सम्झौता गरेकी थिइन्। अहिले उनी प्रि-प्रोडक्सनको काममा व्यस्त छिन्। यो फिल्म यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाईंले बनाउँदै छन्।  फिल्मले नेपाल–जापान सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने उज्ज्वलको भनाइ छ।

फिल्ममा जापानिज अभिनेत्री हुने पक्का भए पनि अभिनेता कुन देशका हुनेछन् भन्ने खुलाइएको छैन। निर्देशक चौलागाईंले हाल अभिनेता फाइनल गर्ने प्रक्रियामा नै आफूहरू रहेको बताइन्। फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने पक्का भइसकेको छ।

यो फिल्म सन् २०२६ मा रिलिज गर्ने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार