सरकारलाई समर्थन दिएको बेकार भयो : उपेन्द्र यादव

२०८२ असार ११, बुधबार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेसहितको गठबन्धन सरकारको औचित्य समाप्त भइसकेको बताएका छन् ।

मंगलबार रफत सञ्चार क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले गठबन्धन सरकारलाई दिइएको समर्थन बेकार भएको बताए ।

‘सरकारलाई हामीले समर्थन दिएका थियौं । हाम्रो भोलुनटिअरली समर्थन थियो । हामीले साथ दिँदै आएको हो । साथ दिँदै आएकोमा पछुताउनुपरेको छ । कसरी र किन साथ दिइयो भनेर । बेकारै भयो साथ दिएको पनि । मूल्याङ्न गर्दा, सरकारको उपलब्धी हेर्दा पछुताउनुबाहेक अरु केही छैन,’– उनले. भने ।

सरकारलाई दिइएको समर्थन फिर्ता लिन पार्टीले संसदीय दललाई हिजोमात्रै निर्देशन गरिसकेको उनले सुनाए । संसदीय दलको बैठक बसेर सरकारलाई दिइआएको समर्थन फिर्ता लिइने उनले सुनाए । ‘बैठक बसेर अब त्यतातिर पार्टी अगाडि बढ्छौं । अहिले त कांग्रेस–एमालेको सहकार्य नै असफल भइसक्यो । यो गठबन्धन नैै असफल भयो,’– उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार