अर्घाखाँचीमा २ युवतीले आपसमा गरे विवाह, वडामा समलिंगी विवाह दर्ता

२०८२ असार १९, बिहीबार

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा २ युवतीबीच समलिंगी विवाहको पञ्जीकरण गरिएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ की २३ वर्षकी युवती बेहुला र कपिलवस्तुको कपिलवस्तु नगरपालिकाकी २० वर्षकी युवती बेहुलीको रूपमा विवाह गरेका हुन् ।

स्नातक पढ्दै गरेका यी युवतीबीच कलेज पढ्दै गर्दा प्रेम भएको उनीहरूले बताएका छन् । विवाहपछि उनीहरूले भूमिकास्थान नगरपालिकाको ९ नम्बर वडा कार्यालयमा समलिंगी विवाह दर्ता पनि गराएका छन् । पञ्जीकरणका लागि उनीहरूले दिएको विवरण अनुसार उनीहरूले २०८२ जेठ १८ गते विवाह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार