युक्रेनको सीमा नजिक मारिए रुसी नौसेना उपप्रमुख

२०८२ असार २०, शुक्रबार

काठमाडौँ: आफ्ना नौसेना उपप्रमुख मेजर जनरल मिखाइल गुडकोभ युक्रनी सीमानजिकै मारिएको रुसी सेनाले पुष्टि गरेको छ।

रुसको रक्षा मन्त्रालयले युक्रेनको सुमी क्षेत्रसँग सिमाना जोडिएको पश्चिमी कुर्स्क क्षेत्रमा ‘लडाइँसम्बन्धी काम’का क्रममा उनी मारिएको बताएको छ।

मन्त्रालयले अपरेसनबारे थप विवरण दिएको छैन। बीबीसीका अनुसार गुडकोभको मृत्यु युक्रेनमा पूर्णस्तरीय आक्रमण सुरु गरेयता रुसको सबैभन्दा ठूलो क्षतिमध्ये एक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार