विद्या भण्डारी र नन्दकिशोर पुनले राजनीतिमा फर्किएर पदको गरिमा गिराउनुभयोः हृदयेश त्रिपाठी

२०८२ असार २३, सोमबार

काठमाडौं : जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले राष्ट्रपति, उपराष्ट्रपति भइसकेका मान्छे सक्रिय राजनीतिमा फर्किनुलाई राम्रो मान्न नसकिने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले सक्रिय राजनीतिमा फर्किएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले पदको गरिमा गिराएको बताएका हुन् ।

‘अरु देशमा भएको भए राष्ट्रपति, पूर्व राष्ट्रपति भएको मान्छे फेरि फर्किँदैनन् । राष्ट्रपति, उपराष्ट्रपति राजनीतिमा फर्किने काम राम्रो होइन । संसदीय व्यवस्थाको गरिमाको लागि यो राम्रो होइन । उहाँहरुले त्यो पदका गरिमा गिराउनुभएको हो,’– उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार