मित्रको निधनको खबरले स्तब्ध भएको छु : देउवा

२०८३ श्रावण १२, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीका कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध भएको बताएका छन्।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधानमन्त्री एवं मेरा मित्र गोपालमान श्रेष्ठजीको निधनको खबरले स्तब्ध भएको छु। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’

नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले निभाएको अग्रणी भूमिका सधैँ स्मरणीय रहने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार