लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस

२०८३ श्रावण १२, मंगलवार

काठमाडौँ : लुम्बिनी प्रदेशमा कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएका छन्।

केन्द्रीय तहमा प्रदेश सरकार सञ्चालनका लागि एमाले र नेकपाबिच नयाँ समीकरण बनेपछि लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिएको हो। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले आज सामूहिक राजीनामा बुझाएका छन्।

नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन् ।

राजीनामा बुझाउने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवार रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार