देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला

२०८३ श्रावण १२, मंगलवार

झापा : यहाँको बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलाको पुलमुनि एक बेवारिसे पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज साँझ करिब ६ बजे बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत रहेको देउनिया पुलमुनि शव फेला परेको हो । स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाउने तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

मृतकको परिचय खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार