काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता रामचन्द्र कुशवाहाको निधन भएको छ।
महोत्तरीको गौशाला निवासी कुशवाहाको उपचारको क्रममा गएराति काठमाडौँको वीर अस्पतालमा निधन भएको हो। ७० वर्षीय कुशवाहा ६ महिनायता क्यान्सर रोगबाट पीडित थिए। पञ्चायत कालदेखि नै माओवादीको किसान मोर्चामा रहेर काम गर्दै आएका कुशवाहा माओवादी निकट केन्द्रीय सहकारी विभागका सदस्य तथा अखिल नेपाल किसान संघ (क्रान्तिकारी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य थिए।
साथै उनी जिल्ला सहकारी संघ महोत्तरी र जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार थिए। माओवादीको केन्द्रिय उखु उत्पादक सहकारी संघका अध्यक्षसमेत रहेका कुशवाहाले विगतमा जलेश्वर अस्पतालको अध्यक्ष भएर पनि काम गरेका थिए।





