२१ वर्षीय युवक मृत फेला

२०८२ श्रावण ५, सोमबार

काठमाडौँ : दाङको तुलसीपुरमा २१ वर्षीय एक युवक सितलपुर घाट नजिकै मृत फेला परेका छन्।

तुलसीपुर उपमहानगरपालिका – १२ कचिलाका २१ वर्षीय किरण खत्री आइतबार बेलुकी सितलपुर घाटनजिकै मृत अवस्थामा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले बेलुकी साढे ६ बजेतिर केसी सितलपुरघाट नजिकै मृत अवस्थामा फेला परेको जानकारी दिए।

मृतकको शरिरमा देखिने गरी कुनै घाउ खत भने छैन। शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा राखिएको हुँदा पोष्टमर्टमपछि थप कुरा भन्न सहज हुने डिएसपी ठकुरीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार